Breaking News
Home / तु-खबर / काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट, दुईको मृत्यु, ६ जना घाइते

काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट, दुईको मृत्यु, ६ जना घाइते

काठमाडौं । काठमाडौंको सुकेधारा स्थित नीलो पुलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् ।

सुकेधारास्थित नीलो पुल नजिकैको एक सैलुनमा ग्यास सिलिण्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी गराउनुभएको छ ।

घाइते ५ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी गराइएको छ । यसैगरी काठमाडौंको अनामनगरको घट्टे कुलोमा पनि बिस्फोट हुदा एकको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । बम बनाउने क्रममा बिस्फोट भएको जनाइएको छ ।

About admin

Check Also

काठमाडौ स्थीत भद्रकाली मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौं, काठमाडौँमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । काठमाडौँको भद्रकाली स्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *