Breaking News
Home / अन्तराष्ट्रिय / भिडियो / भिडियोमा हेर्नुहोस्, टेक्ने खुट्टै नभएपनि कसरी पुगे रमेश सगरमाथाको चुचुरो नजिकै ? पुगे ५ हजार मिटरभन्दा माथी

भिडियोमा हेर्नुहोस्, टेक्ने खुट्टै नभएपनि कसरी पुगे रमेश सगरमाथाको चुचुरो नजिकै ? पुगे ५ हजार मिटरभन्दा माथी

वि.स. २०७२ सालको भुकम्पले धेरैको बिचल्ली बनायो । भुकम्पको चार बर्ष बितिसक्दा कतिले त्यो कहालीलाग्दो घटनालाई बिर्सिएका छन् भने कतिको पिडा अझै पनि उस्तै छन् । गोरखा भुकम्पको सिकार भएका मध्ये एक हुन् दैलेखका रमेश खत्री ।

भुकम्प जाँदाताका उनी काठमाण्डौमै रहेको एउटा गेष्ट हाउसमा काम गर्थे । उनी काम गरेको गेष्ट हाउस भुकम्पको धक्का सहन नसकी गर्लामगुर्लुम्मै ढल्यो । रमेश पनि च्यापिए । पछि उनका दुबै खुट्टाले साथ नदिने भए । अहिले रमेश ह्विल चियर तथा कृतिम खुट्टाको साहारामा दिन काटिरहेका छन् ।

खुट्टा गुम्नु आँफैमा दुखद घटना भएपनि रमेशलाइ अहिले भने त्यती पछुतो छनै । सपाङ्ग हुँदा एउटा सामान्य कामदारको रुपमा परिचय बनाएका रमेश अहिले अपाङ्गता भइसकेपछि भने देशलाई समेत चिनाउ सफल भईसकेका छन् । उनी पहिला भन्दा अहिले धेरै सकृय छन् । तर उनका दुबै खुट्टा छैनन् ।

खुट्टा नभएपनि उनलाई साथ भने सोचेभन्दा बढी मिलेको छ, सबैको । केहि समय अगाडी मात्रै उनी कृतिम खुट्टाकै बलमा सगरमाथाको आधारसिविर सम्म पुगेर फर्किएका छन् । ‘म पनि सक्षम छु, म पनि गर्न सक्छु’ भन्दै उनी ५ हजार ३ सय ६५ मिटरको उचाईमा रहेको आधार शिविर पुगेका हुन् । यसै सन्र्दभमा उनीसँग हामीले कुराकानी गरेका छौ ।

About admin

Check Also

आज दिउँसो रमेश खरेलको खतरनाक भिडियो __ तुरुन्तै हेर्नुहोस्।। भिडियाे

आज दिउँसो रमेश खरेलको खतरनाक भिडियो __ तुरुन्तै हेर्नुहोस्।। भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *