Breaking News
Home / अन्तराष्ट्रिय / प्रेमीले उपहारमा नयाँ आइफोन किनिदिएनन्ः रिसाएकी प्रेमिकाले सबैको अगाडि हानिन् ५२ झापड (भिडियो)

प्रेमीले उपहारमा नयाँ आइफोन किनिदिएनन्ः रिसाएकी प्रेमिकाले सबैको अगाडि हानिन् ५२ झापड (भिडियो)

प्रेमिकाले सायद प्रेमीले  नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् ।

सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ ।

प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।

प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।

उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा त्यत्तिका थप्पड खाँदासमेत ती पुरुषले आफ्नी प्रेमिकालाई बचाउन खोजेको पुलिसले जानकारी दियो ।

About admin

Check Also

यी हुन् सबैभन्दा धेरै यौन व्यापार हुने १० देश जहाँ मन्त्री देखि जनता बेश्यालय धाउँछन्

एजेन्सी- यी हुन् विश्वमा सबैभन्दा धेरै यौन व्यापार हुने देश ! जहाँ मन्त्री अनि सबै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *