Breaking News
Home / तु-खबर / राजधानीको बबरमहलमा डरलाग्दाे मोटरसाइकल दुर्घटना, यस्तो छ अवस्था

राजधानीको बबरमहलमा डरलाग्दाे मोटरसाइकल दुर्घटना, यस्तो छ अवस्था

काठमाडौं । बबरमहलमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा ९५ प ९४४१ नम्बरको मोटरसाइकलले जेब्राक्रसिङबाट बाटो काटिरहेका पैदलयात्रुलाई ठक्कर दिएको हो । सिंहदरबार प्रहरीका अनुसार मोटरसाइकलले दुईजना पैदलयात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टिएको हो ।

मोटरसाइकल पल्टिएपछि मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएको सिंहदरबार प्रहरीका जवान सुनिल बिकले जानकारी दिए । उनका अनुसार पैदलयात्रु र मोटसाइकल चालकको अवस्था गम्भीर छ ।

घटनाको बारेमा आफूहरुलाई पनि पूर्ण जानकारी नभइसकेको प्रहरी जवान विकको भनाइ छ ।

About admin

Check Also

काठमाडौ स्थीत भद्रकाली मन्दिरको पर्खालमा मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काठमाडौं, काठमाडौँमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । काठमाडौँको भद्रकाली स्थित …

Leave a Reply

Your email address will not be published. Required fields are marked *