Breaking News
Home / अन्तराष्ट्रिय / खेलकुद / ‘द बेस्ट फिफा प्लेयर’को मनोनयन सार्वजनिक : मेस्सी, रोनाल्डोसहित को-को परे मनोनयनमा ?

‘द बेस्ट फिफा प्लेयर’को मनोनयन सार्वजनिक : मेस्सी, रोनाल्डोसहित को-को परे मनोनयनमा ?

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल फेडेरेसन (फिफा) ले वर्षको उत्कृष्ट खेलाडी अवार्डका लागि मनोनयन सार्वजनिक गरेको छ । फिफाले बुधबार ‘द बेस्ट फिफा प्लेयर अफ् द इयर’का लागि टप–१० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

फिफा वर्ष खेलाडी पुरुषको मनोनयन अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, नेदर्ल्यान्डस तथा लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक परेका छन् ।

त्यस्तै सेनेगल तथा लिभरपुलका साडियो माने, इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह, फ्रान्सका केलियन एम्बाप्पे, नेदरल्यान्ड्सका स्टार खेलाडी डी योङ, डी लिक्ट, इङ्ल्यान्डका स्टार खेलाडी ह्यारी केन र बेल्जियमका स्टार खेलाडी इडेन हजार्ड पनि उत्कृष्ट १० मा परेका छन् ।

बार्सिलोनाका कप्तान मेस्सीले बार्सिलोनालाई घरेलु लिग ला लिगाको उपाधि जिताउन मुख्य भूमिका खेलेका थिए । त्यस्तै, बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल पुग्दा पनि मेस्सीको मुख्य भूमिका थियो ।

एक वर्षअघि रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएका पोर्चुगलका रोनाल्डोले टिमलाई घरेलु लिगसहित दुई उपाधि जिताउन प्रमुख योगदान दिएका थिए । त्यसैगरी, पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि जिताउन पनि रोनाल्डोको मुख्य योगदान रहेको थियो ।

इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भानले गत सिजन लिभरपुललाई युरोपियन च्याम्पियन्स लिग जिताउन तथा प्रिमियर लिगमा उपविजेता बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए ।

महिलातर्फ

त्यस्तै महिला खेलाडीको मनोनयन पनि बुधबार नै सार्वजनिक भएको थियो । सार्वजनिक सूचीमा सबैभन्दा बढी महिला विश्वकप विजेता राष्ट्र अमेरिकाबाट ४ जना परेका छन् । त्यसपछि इंग्ल्यान्ड, फ्रान्स र नर्वेबाट २–२ जना परेका छन् ।

अमेरिकाको रोज लाभेल्ले, जुली इरट्ज, एलेक्स र मोर्गान मेगान रापीनोई परेकी छन् । फ्रान्सको अमान्डिने हेनरी र विन्डे रेनार्ड, इंल्यान्डको लकी ब्रोन्जे र इलेन ह्वाइट, नर्वेको अदा हेगर्सन र कार्लोनी हान्सेन अस्ट्रेलियाकी साम केर्र उत्कृष्ट खोलाडिमा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

About admin

Check Also

मेस्सीको दुई गोलले बार्सिलोना हारबाट जोगीयो

गत राति स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाइ बराबरीमा रोकेको छ ।उक्त बार्सिलोनाको घरेलु मैदानमा भएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *