Breaking News
Home / अन्तराष्ट्रिय / २१ वर्षीय युवकले एके–४७ ले २० मिनेटसम्म अन्धाधुन्ध गोली चलाएः अमेरिकाको आठौं विभत्स घटना

२१ वर्षीय युवकले एके–४७ ले २० मिनेटसम्म अन्धाधुन्ध गोली चलाएः अमेरिकाको आठौं विभत्स घटना

अनलाइनमार्फत् आप्रवासी विरोधी घोषणापत्र सार्वजनिक गरेको केही घण्टापछि अमेरिकामा एक श्वेत व्यक्तिले शनिबार एल पासो वालमार्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा २० जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

घटनाको संलग्न भएको आशंकामा संदिग्धलाई पक्राउ गरिएको छ जसको पहिचान २१ वर्षे प्याट्रिक क्रुसिएसको रुपमा गरिएको छ ।

सिसिटिभी फुटेजमा देखिए अनुसार क्रुसिएस एके–४७ एसल्ट राइफलसहित सिएलो भिस्ता मल वालमार्टको अगाडिको इन्ट्रान्सबाट प्रवेश गरिरहेको देख्न सकिन्छ ।

आवाज कम गर्ने हेडफोन र कार्गो पाइन्ट लगाएका बन्दुकधारीले सुरुमा स्टोर बाहिरको पार्किङ लटमा गोलीबारी गरे । त्यतिबेला वालमार्ट बाहिर स्थानीयले पानी बेचेर पैसा संकलन गरिरहेका थिए । त्यहाँ बालबालिका र वयस्कको पनि उपस्थिती थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार त्यसपछि उनी निकै शान्त र आत्मविश्वासी भएर अगाडिको ढोकाबाट प्रवेश गरे । उनले भने, ‘उनलाई हेर्दा यस्तो लाग्थ्यो कि उनी कुनै मिसनमा थिए ।’

२० मिनेटको उक्त नरसंहार अमेरिकाको इतिहासको आठौं भयानक घटना हो ।एक पत्रकार सम्मेलनमा एल पासो पुलिसका चिफ ग्रेग एलनले आरोपी २१ वर्षे ठिटो भएको पुष्टि गरे तर उनको नाम भने बताउन मानेनन् ।

अमेरिकामा अर्को ठूलो गोलीबारी, २०को मृत्यु
ग्रेगले आरोपीद्वार लिखित घोषणापत्र आफूहरुसँग भएको र त्यो ‘हेट क्राइम’ सँग सम्बन्धित हुनसक्ने बताएको छ ।

उक्त घोषणापत्र घटना हुनु केही घण्टाअघि सोसल मिडियामा सेयर गरिएको थियो जसमा क्रुसिएसले ‘टेक्ससमा स्पेनिस भाषा बोल्नेहरुको अतिक्रमण’ का कारण गोलीबारीको मुख्य उद्देश्य बताएका छन् ।

क्रुसिएसको घर घटनास्थलबाट गाडी चढेर जाँदा ९ घण्टा टाढा छ । यहाँ स्पेनिस भाषा बोल्नेहरुको जनसंख्या धेरै छ ।

मेक्सिकोका राष्ट्रपति एन्द्रोस म्यानुएल लोपेज ओब्रादरले आफ्ना तीन नागरिकको हत्या भएको र ६ जना घाइते भएको बताएका छन् ।

द सिएलो भिस्टा मल अमेरिका–मेक्सिको सीमामा रहेका दुबै देशका नागरिकको चर्चित सपिङ गन्तव्य हो ।

‘अब म धेरै कुर्न सक्दिनँ,’ क्रुसिएसले पोष्ट गरिएको घोषणापत्रमा लेखिएको छ ।

‘मलाई राम्रोसँग थाहा छ, मिडियाले मलाई गलत तरिकाले चित्रित गर्न खोज्नेछन् तर तिमीहरु सबैलाई सत्यता थाहा हुनेछ । सायद आज म मर्नेछु,’ क्रुसिएसले लेखेका छन् ।

बन्दुकधारीले पहिलो गोली चलाएको ६ मिनेटपछि पुलिस घटनास्थल पुगेको थियो । पुलिसको नियन्त्रणमा आएपछि उनले आत्मसमर्पण गरेका थिए ।

पुलिस अधिकारीले उनलाई पक्राउ गर्नेबेला कुनै गोली नचलाएको अधिकारीले बताएका छन् ।

उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरिएको छ ।

यस्तै घटनास्थलबाट अर्का एकजनालाई पनि पक्राउ गरिएको छ । उनको घटनामा प्रतक्ष्य वा परोक्ष कुनै संलग्न छ छैन भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

डेल सोल मेडिकल सेन्टरले आफ्नो हस्पिटमा ११ जना पीडित आएको जसमध्ये ९ जनाको स्थिती गम्भीर तर स्थिर भएको बताएको छ ।

दुई वर्षे बालकसहित दुईजनालाई एल पासो चिल्ड्रेन हस्पिटल ट्रान्सफर गरिएको बताएको छ ।

About admin

Check Also

यी हुन् सबैभन्दा धेरै यौन व्यापार हुने १० देश जहाँ मन्त्री देखि जनता बेश्यालय धाउँछन्

एजेन्सी- यी हुन् विश्वमा सबैभन्दा धेरै यौन व्यापार हुने देश ! जहाँ मन्त्री अनि सबै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *