Breaking News
Home / रोचक / गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स !

गुगल म्यापमा श्रीमतीलाई अर्कैको काखमा देखेपछि पतिले गरे डिभोर्स !

पेरु । एक जनाले आफ्नी श्रीमतीलाई अरु कसैको काखमा बसिरहेको गुगल म्यापमा देखेपछि डिभोर्स गरेका छन् । यो पेरुमा भएको घटना हो
उक्त मानिसले लिमाको पेरुवियन सहरमा रहेको एउटा पुलको वरिपरि गुगलम्यापबाट हेर्दै थिए, सोही बखत एउटा तस्बिर आफूसँग चितपरिचित खालको भेटिएको एउटा न्युज एजेन्सीलाई उद्धृत गर्दै मेट्रो युकेले समाचार लेखेको छ । सो क्रममा आफ्नी श्रीमतीको काखमा एक अपरिचित पुरुष टाउको शिरानी हालेर बेन्चमा पल्टिरहेको तस्बिर फेला परेको थियो ।

सुरुमा ती पुरुषले श्रीमतीको कपडाबाट पहिचान गरेका थिए । स्थानीय मिडियाहरुका अनुसार गुगल क्यामरा कारले लिएको उक्त तस्बिर सन् २०१३ को भए पनि ती मानिसले भने सोही गुगल स्ट्रिट भ्यु तस्बिरलाई प्रमाण भन्दै र्याखर्याख्ती पारेको बुझिएको छ ।

उक्त जोडीको नाम गोप्य राखिएको छ । पछि ती पुरुषले श्रीमतीले अरु सम्बन्ध स्वीकारेसँगै डिभोर्स गरेको बताइएको छ । उनी सहरको पुएन्टे डी लोस सस्पाइरस डी बारेन्को ब्रिज अफ साइ अफ राभाइननजिकै बेन्चमा आफ्नो प्रेमीसँग बसेकी थिइन् ।

ती पुरुषले केही पहिले मात्रै उक्त तस्बिर फेसबुकमार्फत सेयर गरेका थिए । सो लगत्तै यसको चर्चा चुलिएको थियो ।

गुगल स्ट्रिट भ्यु अनलाइन रिसोर्स र गुगल म्यापले यसअघि पनि अनौठा अनौठा तस्बिरहरु खिचेर चर्चामा आएको थियो ।

खरिबाेट बाट साभार

About admin

Check Also

सुन्दै अचम्मकाे जागिर, अफिस गएर मस्तसँग सुत्नुहाेस् तलब पाक्छ ! पढ्नुहाेस

एजेन्सी– कतिपय मानिसलाई कार्यालयको कामसँग दिक्क लाग्छ । कतिपय मानिसहरु कामको चाप बढी भएर तनावमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *