Breaking News
Home / मनोरन्जन / प्रभाषको ‘साहो’ रिलिज भएकै दिन पाइरेसीको सिकार !

प्रभाषको ‘साहो’ रिलिज भएकै दिन पाइरेसीको सिकार !

अभिनेता प्रभाष स्टारर फिल्म साहो रिलीज भएकै दिन पाइरेसीको सिकार भएको छ ।

रिपोर्टका अनुसार फिल्म रिलिज भएको केहि घण्टा भित्रै तमिल रकर्सले ‘साहो’लाई लिक गरिदिएको छ । अभिनेत्री श्रद्धा कपुरले केहि घण्टा अगाडि मात्रै आफ्नो सम्पूर्ण दर्शकहरुलाई नजिकैको हलमा गएर ‘साहो’ हेरिदिन र पाइरेसीको लागि सपोर्ट नगर्न आग्रह गरेकी थिइन् ।

तमिल रकर्सले अबैध तरिकाले ‘साहो’लाई डाउनलोड गरेको आशंका गरिएको छ । यो भन्दा पहिल्यै पनि तमिल रकर्सले ठूल्ठूला बजेटका फिल्महरुलाई लिक गर्दै आएको थियो । यसरी ‘साहो’ रिलिजमा आएको केहि घण्टामै पाइरेसीको सिकार बन्दा बक्स अफिसमा भारी नोक्शान हुने आँकलन गरिएको छ ।

३५० करोडको लगानीमा बनेको फिल्मलाई हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम लगाएतका भाषामा रिलिज गरिएको छ । फिल्ममा प्रभाष र श्रद्धाका अलवा नील नितिन मुकेश, चंकी पाण्डे, महेश मांजरेकर र मन्दिारा बेदी पनि मुख्य भूमिकामा छन् ।

About admin

Check Also

(ताेक्मे) विल्सनकी गर्लफ्रेण्ड | नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र।भिडियाे

(ताेक्मे) विल्सनकी गर्लफ्रेण्ड | नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र।भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *