Breaking News
Home / समाचार / अमेरिकामा सवारी दुर्घटनाः एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

अमेरिकामा सवारी दुर्घटनाः एकै परिवारका ३ नेपालीको मृत्यु, २ घाइते

काठमाडौँ । अमेरिकाको मिजोरी हाईवेमा मंगलबार भएको दुर्घटनामा एक नेपाली दम्पत्तिसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना एकै परिवारका रहेका छन् भने सोही परिवारका २ जना घाइते भएका छन्।

अमेरिकी प्रहरीले दुर्घटनाका मृतक र घाइतेको नाम सार्वजनिक गर्दै गोविन्द खनाल, शान्ता खनाल र श्रद्धा खनाल ओझाको ज्यान गएको पुष्टि गरेको । शान्ता नाताले गोविन्दका श्रीमती र श्रद्धा छोरी हुन्। जोप्लिनग्लोब डटकमले घटनाबारे अपडेट गर्दै गोविन्दको घटनास्थलमै र आमा, छोरीको उपचारका क्रममा मृत्यु भएको लेखेको छ।

दुर्घटनामा कारका चालक श्रद्धाका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा घाइते भएका छन्। अस्पताललाई उद्धृृत गर्दै त्यहाँको प्रहरीले जनाएअनुसार स्थानीय अस्पतालमा उपचाररत उनीहरूमध्ये प्रभासको अवस्था स्थिर छ।

टोयोटाको आरएभी४ मोडलको गाडीमा सवार उनीहरू कहिले र कसरी अमेरिका पुगेका हुन् भन्ने समाचारमा खुलेको छैन। घुमफिर या अन्य अरू के प्रयोजनका लागि सपरिवार एउटै गाडीमा सवार थिए भन्ने पनि अस्पष्ट छ।

कमेन्ट गर्नुहोस्

About admin

Check Also

काठमाण्डौमा सोमबार*देखि सिनेमा हलको *बाल्कोनीजस्तै सिट भएको बिजुली बस चल्ने !

सोमबारदेखि काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *