Breaking News
Home / व्यापार / सुन्दर सिमभञ्याङमा यसरी ठगिदै पर्यटक

सुन्दर सिमभञ्याङमा यसरी ठगिदै पर्यटक

सिमभञ्याङ भन्ने वित्तिकै हामी मकवानपुरे तथा पर्यटनमा रुचि हुनेहरुको मनमा “आहा” क्या राम्रो स्थान भन्ने सोच मनमा आईहाल्छ । मकवानपुरको एकमात्र हिँउ पर्ने स्थान तथा सबैभन्दा उचाईमा रहेको स्थानको रुपमा रहेको सिमभञ्याङमा जाने पर्यटकहरु ठगिने गरेका छन् ।

प्रदेश नंबर ३ को राजधानी हेटौँडाबाट करिब २ घण्टाको यात्रम पश्चात पुग्ने सिमभञ्याङमा आन्तरिक तथा वाह््य पर्यटकहरुको भिड लाग्ने गर्दछ, अझ हिमपात भएको थाहा पाउनसाथ हजारौ आन्तरिक पर्यटकहरु सिमभञ्याङमामा पुगिहाल्छन् ।

यो वर्ष पनि गत माघ ११ गते सिमभञ्याङमा हिमपात भयो । थाहा नगरपालिकामा पर्ने सिमभञ्याङमामा हिमपातको खबरपछि आन्तरिक पर्यटकहरुको ओईरो लाग्यो । हिँउले सेतै ढाँकीएको डाँडाकाडामा हिउ खेलेपछि जव पर्यटकहरु केहि आराम तथा खाना खान त्यहाको होटलहरुमा पुग्छन् तब उनीहरुको ठगिने क्रम सुरु हुन्छ् ।

पर्यटकहरुले रिचार्ज कार्ड किन्ने खेदि खान खाने बेलासम्म अस्वभाविक मुल्यको सामना गर्नु पर्दछ । खानाको लागि लोकल कुखुराको मासु भन्ने प्रचार गरिन्छ तर मासु भने लोटन कुखुराको खुवाईएको त्यहा हिउँमा रमाउन आएका हेटौँडाका सविन श्रेष्ठले भने । हामीले खान मगाईहाल्यौm लोकल कुखुराको मासु भनियो तर हैन रहेछ, खाना पनि निकै कम गुणस्तरको रहेको उनीहरुको भनाई थियो । उनले भने हामीले खान मगाएको दाल गनाएको अवस्थाको थियो, होटलवालाई भन्दा यहाको स्वाद नै यस्तै हो भन्ने दाबी गरे ।

३ सय रुपैँया प्रति प्लेट खानाको मुल्य पनि निकै अस्वभाविक भएको, होटल सञ्चालकहरुले गर्ने ब्यवहार समेत अमर्यादित भएको उनीहरुको गुनासो थियो । त्यसो त हामीले समेत सिमभञ्याङमा रहेका केहि होटलको निरिक्षण गर्दा केहि होटलहरु निकै फोहोर देखेका थियौ । खाना खाने टेबल देखि पकाउने किचन समेन निकै फोहोर हुँदा समेत यहाको नगरपालिका, हेटौँडामा रहेको खाद्य तथा गुण नियन्त्रणको कार्यालय तथा अनुगमनको नेतृत्व गर्दै आएको जिल्ला प्रशासन कार्यालयको ध्यान गएको देखिएन् ।

मकवानपुरकै शानको रुपमा रहेको सबैभन्दा धेरै पर्यटनको संभावना भएको सिमभञ्याङको होटल हेर्दा दोश्रो पटक पर्यटकहरु जाने इच्छा मार्न सक्छन् ।
थाहा नगरपालिकाको चिसोलाई मकवानपुरले आन्तरिक पर्यटन तथा वाह्य पर्यटनको लागि धेरै प्रचार गर्ने गरेको भएपनि पर्यटनको लागि हुने पुर्वाधारको लागि भने कसैले ध्यान नदिदा सिमभञ्याङमा पर्यटकको संख्या बृद्धि भएपनि पर्यटकको मन भने खुसी नहुन सक्छ ।

About Tukhabar Online

Check Also

स्वास्थ्य परीक्षणकाे लागि प्रधानमन्त्री ओली आज सिंगापुर जानुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाँदै हुनुहुन्छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *