Breaking News
Home / राष्ट्रिय / जनता ठग्ने तरिका : सिमेन्टको मुल्य १०० बडाएर २३ घटाए

जनता ठग्ने तरिका : सिमेन्टको मुल्य १०० बडाएर २३ घटाए

चौतर्फी विरोध र सरकारको अनुगमनपछि उद्योगीले सिमेन्टको मूल्य घटाएका छन् । १५ दिनमै पाँचपटक मुल्य बढाएका उद्योगीले १० देखि २३ रुपैयाँसम्म मुल्य घटाएका हुन् । शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएर आठ सय ८७ रुपैयाँ मुल्य कायम गरेको छ । यसले १५ प्रतिशत मुल्य बढाएको थियो ।

त्यस्तै, अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएर प्रतिबोरा सात सय ४० रुपैयाँमा झारेको छ । अम्बे सिमेन्टले प्रतिबोरा एक सय १० रुपैयाँ मूल्य बढाएको थियो ।

यसैगरी सर्वोत्तम र नारायणी सिमेन्टको मूल्य प्रतिबोरा १०/१० रुपैयाँले घटेको छ । अब नारायणी सिमेन्टको मूल्य आठ सय ८० र सर्वोत्तमको आठ सय ३५ रुपैयाँ पर्नेछ ।

अस्वभाविक मूल्यवृद्धि गरेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरेर मूल्य घटाउन उद्योगीलाई दवाव दिएको थियो ।

About Tukhabar Online

Check Also

हुम्लाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन..

हुम्ला : हुम्लाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन छन्। उनीहरु साउन १५ देखि सम्पर्कविहीन रहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *