Breaking News
Home / प्रवासी खबर / हुम्लामा स्याउ धेरै फलेपछि किसान चिन्तित

हुम्लामा स्याउ धेरै फलेपछि किसान चिन्तित

हुम्ला । हुम्लामा यसपाली स्याउ धेरै फलेको छ । स्याउ धेरै फलेपछि किसानलाई भण्डारणको चिन्ता हुन थालेको हो ।

नयाँ प्रविधि नभएकोले स्याउ भण्डारणमा समस्या आएको हुम्लाका किसानहरु बताउछन् । अहिले पनि उही पुरानो बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर स्याउ भण्डार गर्नु पर्ने अवस्था छ । यसरी राख्नु पर्दा स्याउ कुहिने डरले किसान चिन्तित हुन थालेको छ ।

फार्ममा डेढ सय बोट स्याउ लगाएर राम्रो फलेको र उत्पादन भएको स्याउ बिक्रीको समस्या रहेकै अवस्थामा भण्डारण गर्न पनि कठिनाइ हुँदा स्याउ कुहिने डर लाग्न थालेको सिमकोट गाउँपालिका २ ठेहेका अगुवा किसान गोरासिंह बोहोरा बताउँछन् ।

बोरामा राख्दा र जमिनमा खाल्डो खनेर राख्दा गत वर्ष स्याउ कुहिएको किसानहरुले बताए । गोरखपत्रबाट

About Tukhabar Online

Check Also

श्रीमती दोस्रो सन्तान जन्माउने तयारीमा तर श्रीमान् काठकाे बाकसमा ll Bishnu Kumar Ghimire ll

श्रीमती दोस्रो सन्तान जन्माउने तयारीमा तर श्रीमान् काठकाे बाकसमा ll Bishnu Kumar Ghimire ll

Leave a Reply

Your email address will not be published. Required fields are marked *