Breaking News
Home / प्रवासी खबर / राजधानीको तीनकुनेमा छुरा प्रहार : दुई युवा घाइते

राजधानीको तीनकुनेमा छुरा प्रहार : दुई युवा घाइते

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् ।

दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । अनिल श्रेष्ठ नाम गरेका एक र अर्का घाइतेको नाम खुलेको छैन । उनीहरु अन्दाजी २० वर्षका भएकाे प्रहरीले बताएकाे छ ।

शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै पत्ता लागेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बताएको छ ।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुई घाइते दौडिदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए ।

त्यसपछि स्थानीय पसलेले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । सोही क्षेत्रमा यसअघि पनि पटक पटक सामूहिक झगडा हुने गरेको स्थानीय बताउँछन् ।

source:annapurnapost.com

About Tukhabar Online

Check Also

आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *