Breaking News
Home / अन्तराष्ट्रिय / खेलकुद / मेस्सीको दुई गोलले बार्सिलोना हारबाट जोगीयो

मेस्सीको दुई गोलले बार्सिलोना हारबाट जोगीयो

गत राति स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाइ बराबरीमा रोकेको छ ।उक्त बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएको हो ।उक्त रोमान्चक खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै भ्यालेन्सियाका लागी केभिन गामेरो र डेनियल परेजोले एक–एक गोल गरे ।खेलको २४ औं मिनेटमा भ्यालेन्सिायाका केभिनले गोल गर्दे टिमलाइ अग्रता दिलाए । त्यस्तै खेलको ३२ औं मिनेटमा पाहुना टोलीले पेनाल्टीको मौका पायो । उक्त पेनाल्टीमा डेनियलले गोल गरे ।

त्यसैगरी खेलको ३९ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो ।उक्त पेनाल्टीमा बार्सिलोनाका कप्तान मेस्सीले गोल गरे । त्यसपछी दोस्रो हाफमा खेलको ६४ औं मिनेटमा अर्टुरो भिडालको पासमा गोल गर्दै बार्सिलोनालाई २(२ को बराबरी गराए । बराबरी पछि बार्सिलोनाले २२ खेलमध्ये १५ खेलमा जित, ५ खेलमा बराबरी र २ खेलमा पराजय ब्यहोर्दै ५० अंक बनाएको छ ।

About Tukhabar Online

Check Also

स्याङ्जाकाे वालिङ्ग मा ‘अन्तर्राष्ट्रिय वालिङ–१०० माउन्टेन बाइक प्रतियोगिता’ सुरु।

स्याङ्जा – वालिङमा शनिबार बिहान सात बजेबाट अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *